![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgcWm-6rak8u7h4wrdIFmktjUdvdOWy9cXhRb3otPNRjYTo6-CsqeqHTf8vDPO32QRRZa_-eWtV_ajuxbHzSQrc6jgeRkaZYEwnTA3UzRn8U-2z4x2saPAyiuQW4nsGsrrPysm-xdbmkrA/s1600/10488020_301721760003676_4549929749001647810_n.jpg)
सोलुखुम्बुको देउसा ८ बुडिडाँडामा सञ्चालित तालिम सिकेपछि देउसा र वाकुका १० जना उद्यमी महिला मिलेर सिर्जनशिल ढाका उद्योग सञ्चालनमा ल्याएर व्यवशायिकता दिन थालेपछि उनिहरुको दैनिकी परिवर्तन भएको छ । तालिम सिक्नु भन्दा पहिले त्यतिकै घरको काममा मात्र सिमित महिलाहरु अहिले समुह बनाई उद्योग सञ्चालनमा ल्याएका हुन् ।
उद्योग सञ्चालन गरेपछि एकातिर उनिहरु स्वरोजगार भएका छन् भने अर्काेतिर स्थानीय स्तरमा नै रहेर स्थानीयको आवश्यकता पुर्ति गरेका छन् । ईको हिमाल नेपाल र घरेलु तथा साना उद्योेग विका समितिले देउसामा महिलाहरुलाई लक्षित गरि दिएको ढाका बुनाई सिकेर समुह बनाएपछि उद्योग खोल्ने आँट गरि काम सुचारु गरिएको छ । यसरी समुह बनाएर गरेको कामलाई गाउमा प्रशंसा पनि गर्न थालेको र माग पनि बढ्न थालेको उद्यमी सिता माया थुलुङ बताउनु हुन्छ ।
ढाका बुनाई आफुले नसिकेसम्म अल्छिले गर्ने काम सुनिएको भएपनि तालिम सिकेपछि काम अनुसार राम्रो फाईदा आउने देखेर नै आफुले काम सुरु गरेको हो । त्यसैले हामीले सुरुवात आफैबाट गरेको वाकुका उद्यमी जेनिशा मगर बताउनु हुन्छ । बजारमा प्रतिस्पर्धा पनि थोरै भएकोले माग धेरै आईरहेको छ । त्यसैले हामीले थान निकाल्न सक्नु मात्र आवश्यक रहेको उद्यमी तथा सिर्जनशिल ढाका उद्योग सचिव पार्वति राईले बताउनु भयो ।
सिप भएमा गाउमा नै राम्रो फाईदा लिन सकिने भएकोले सोलुखुम्बुका उद्यमी महिलाहरुबाट सिकेर गाउमा नै स्वरोजगार भन्नु पर्ने राम्रो हुन्छ । नेपालको परिवेशमा युवाहरु बेरोजगार भएको गुनासो र खबर आईरहदा सिप भएमा बेरोगार नहुने निस्चित छ ।
No comments:
Post a Comment